सरकारप्रति कांग्रेस सांसद गुरुङकाे कटाक्ष– प्रश्न उठ्दा सरकार विषयान्तर गर्न माहिर छ
shilapatra.com · Wed Jul 15 08:09:01 GMT 2026

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विषयान्तर गर्न माहिर रहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै उनले प्रश्न उठ्दा सरकार स्टन्ट गरेर विषयान्तर गर्ने प्रयासमा केन्द्रित भएको बताएकी हुन् । सरकारले शैलीले जनतामा निराशा बढेको बताएकी छन् ।
‘मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो । तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्ट्याटसमा रमाइलो चल्यो । कीर्तिपुरस्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे, हाहाकार मच्चियो,’ उनले भनिन्, ‘यता आत्मदाहका तीन घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्ष दलका सभापति गगन थापाको निवास अगाडि गाडी राखिएको फन्डा आएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)