सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको कांग्रेस सांसदको दाबी
shilapatra.com · Wed Jul 15 08:08:53 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको बताएकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गुरूङले सुकुम्बासी व्यवस्थापनमा देखिएको कमजोरी र मानवीय संवेदना अभावले गम्भीर प्रश्न उठाएको उनले बताइन् ।
‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या आज ९ पुगेको छ । १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीय कमला बलमपाखी, ६८ वर्षका कर्णबहादुर श्रेष्ठ, ३६ वर्षका भेषराज दर्जी, ६६ वर्षीय पार्वती विक, ३९ वर्षीय सुशीला थापा मगर, ७५ वर्षीय रतनदेवी मलहानीदेखि १८ महिनाका उज्वल तामाङसम्मले राज्यले लिएको अव्यावहारिक नीतिका कारण ज्यान गुमाउनुप¥यो। यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु,’ उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)