सरकार स्टन्ट र फन्डामा अल्झियो, प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ [भिडियो]
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले वर्तमान सरकारले जनसरोकारका गम्भीर विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको कडा आरोप लगाएकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्री वालेन्द्र साह आफैँ संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै सभामुखमार्फत रुलिङ जारी गर्न माग गरेकी हुन्।
युवा नेतृत्वबाट जनताले ठूलो आशा गरेको भए तापनि वर्तमान सरकारको गैरजिम्मेवार कार्यशैलीले सर्वसाधारणमा निराशा मात्र बढाएको उनले उल्लेख गरिन्। सरकारमाथि गम्भीर प्रश्नहरू उठ्दा त्यसलाई ओझेलमा पार्न नयाँ–नयाँ प्रपञ्च रच्ने गरिएको दाबी गर्दै उनले सुकुम्बासी व्यवस्थापनका नाममा बिना तयारी डोजर चलाउँदा हालसम्म ९ जनाको ज्यान गइसकेको बताइन्। १८ महिने बालक उज्ज्वल तामाङदेखि ७५ वर्षीया रतन देवी मलाहानीसम्मले ज्यान गुमाउनुपरेको घटनालाई उनले ‘राज्यद्वारा गरिएको संस्थागत हत्या’ को संज्ञा दिँदै यसमा मानवीय संवेदनाको चरम अभाव देखिएको र आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुने तर्क गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)