कानून मन्त्रालयले सङ्घीय संसद्लाई बुझायो १६६ विधेयकको सूची
nagariknews.nagariknetwork.com · Wed Jul 15 08:31:13 GMT 2026

सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ मा निर्माण गरिने कानूनहरुको मस्यौदाको सूची र कार्यतालिका सङ्घीय संसद्मा पठाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बुधबार सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई छुट्टा छुट्टै भेटेर आगामी वर्ष निर्माण गरिने कानूनको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गरेकी छिन् ।
विधायन ऐन २०८१ अनुसार कानून मन्त्रालयले आगामी वर्षमा सदनमा पेस गरिने विधेयकहरुको सूचीसहित वार्षिक विधायन कार्यतालिका असार मसान्तभित्र सङ्घीय संसद्मा पठाइसक्नुपर्ने कानुनी व्यवस्था छ। ऐनको दफा ३ मा सम्बन्धित मन्त्रालयले आगामी आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानून मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। यसैगरी सम्बन्धित मन्त्रालयबाट प्राप्त विवरणका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफल गरी सङ्घीय संसद्मा पेस गर्ने विधेयकको प्राथमिकताक्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)