सडकबाट हराएका नगर प्रहरी ५ दिनपछि कार्यक्षेत्रमा फर्किए, न्युराेडसहित व्यस्त क्षेत्रमा अनुगमन तीव्र!
barnanmedia.com · Wed Jul 15 08:23:26 GMT 2026

काठमाडौँ }त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्विल लक लगाएको विषयमा विवाद हुँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधनपछि सडकबाट हटेका नगर प्रहरीहरू पुनः कार्यक्षेत्रमा फर्किएका छन् । उक्त घटनापछि सम्भावित आक्रमण र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै महानगर प्रहरीले केही समयका लागि आफ्नो उपस्थिति घटाएको थियो।
नगर प्रहरी सडकमा नहुँदा काठमाडौँको न्युराेड, त्रिपुरेश्वर लगायतका मुख्य क्षेत्रमा फेरि अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण बढेर सहर अस्तव्यस्त बनेपछि महानगरपालिकाले उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरेको हो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)