बुटवलमा नक्कली नोट छाप्ने उपकरणसहित ६ जना पक्राउ
baahrakhari.com · Wed Jul 15 08:55:51 GMT 2026

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ निवासी किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारू, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल राज्य, सिलिगुडीस्थित भक्तिनगर थाना क्षेत्रका ४९ वर्षीय वासुमित्र आनन्द छन् ।