हरित नगरीबाट हिलोमय इलाम: मेची राजमार्ग जीर्ण हुँदा बिरामी र सुत्केरी मारमा [भिडियो]
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको अत्यन्तै दयनीय अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माणको माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद राईले मेची राजमार्गसहित इलामका विभिन्न मुख्य तथा सहायक सडकखण्डहरू जीर्ण बनेका कारण नागरिकले सास्ती भोग्नुपरेको र बिरामी तथा सुत्केरीलाई समयमै अस्पताल पुर्याउन समेत असम्भव भइरहेको बताए।
संसद्मा बोल्दै सांसद राईले भने, “इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि, आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी नागरिक झापाको अस्पतालसम्म आउन सक्ने स्थिति छैन। राजदरबारको बाटोखण्ड उत्तिकै बेहाल अवस्थामा छ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)