सीमा विवादबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध कायम राख्छौं : सांसद शाही
arthasansar.com

सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिउपर उठेका प्रश्नहरूको संसद्मा स्पष्ट जवाफ नआएसम्म विपक्षी दलहरूको विरोध निरन्तर जारी रहने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस विषयमा आफ्नो धारणा राख्दै प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद्मा विरोध कायम रहने बताएका हुन् ।
उनले प्रतिनिधिसभाको बैठकमै भने,‘सम्मननीय प्रधानमन्त्री बालेन शाह बालेनले नेपाल र भारतको सीमा सम्बन्धी दिएको अभिव्यक्तिका बारेमा सरकारले स्पष्ट धारणा संसद्मा पेश गर्नुपर्छ । त्यो नहुन्जले प्रतिपक्षको तर्फबाट विरोध जारी रहने कुरा जानकारी गराउन चाहन्छु ।'
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)