पुँजी बजार सुधारको गुरुयोजना पछि सेयर बजारमा हरियाली, कारोबार रकममा गिरावाट
arthasansar.com

नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारको गुरुयोजना सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १४ अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको हो ।
धितोपत्र बोर्डले मंगलबार मात्रै पुँजी बजारका लागि सुधारका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । मंगलबार मात्रै लगानीकर्ताहरु सेबोनमा ताला लगाउन समेत पुगेका थिए । सेबोनको आश्वासन पछि भने लगानीकर्ताहरु फर्किएका थिए । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)