खोटाङको जेलमा खाना खाएर सुतेका कैदीको मृत्यु
rajdhanidaily.com · Wed Jul 15 09:36:18 GMT 2026

खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा दिक्तेल मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो ।
असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)