विवादित बन्दै सरकारका नियुक्ति
annapurnapost.com · Wed Jul 15 09:30:01 GMT 2026

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ। महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्ने गरी कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको हो । यसअघि नै उनलाई सञ्चालक समितिको सदस्यमा मनोनीत गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ ३१ मा उनीसहित ५ जना मनोनीत गरेको थियो तर सर्वोच्च अदालतले मेरिटको आधारमा नियुक्त गर्ने आदेश दिएपछि मन्त्रालयले नै त्यो नियुक्ति रद्द गरेर फेरि श्रेष्ठसहित ३ जनालाई नियुक्त गर्यो । योग्यताक्रमका आधारमा उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला र श्रेष्ठलाई सञ्चालक सदस्य बनाइदिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)