एमालेले ठोस निर्णय नदिएपछि मन्त्रिपरिषद् हेरफेर गर्नुपर्यो: मुख्यमन्त्री शाह
dcnepal.com · Wed Jul 15 09:36:26 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन गरिएको स्पष्ट पारेका छन्। नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।