गृहमन्त्रीको प्रतीक्षामा मिटरब्याज पीडित- प्रहरी पुगिसक्यो, गुरुङको छैन पत्तो
nepalpress.com · Wed Jul 15 09:36:20 GMT 2026

निजगढ (बारा)। गृहमन्त्री सुधन गुरुङसँग भएको एक चरणको वार्ता निष्कर्षविहीन भएपछि मिटर ब्याज पीडितहरू उनलाई पर्खिएर निजगढमा बसिरहेका छन् । तर, गुरुङ आउने/नआउने निश्चित भएको छैन ।
जनकपुरधामबाट असार २५ गते न्यायको माग गर्दै काठमाडौंतर्फ पैदल यात्रा थालेका उनीहरूले मंगलबार राति अबेरसम्म नगर उद्योग वाणिज्य संघको भवनमा वार्ता त गरे, निष्कर्ष भने निस्किएन । बुधबार पुनः छलफल गर्ने सहमति भएको थियो । तर, दिनभरको प्रतीक्षा गर्दा पनि मन्त्री गुरुङको अत्तोपत्तो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)