बीमा कम्पनीहरुको लगानीमा ठूलो परिवर्तनको तयारी, कर्पोरेट ऋणपत्रदेखि प्राइभेट इक्विटीसम्म लगानी खुलाउ प्रस्ताव
aarthiknews.com

काठमाडौं । बीमा कम्पनीहरूको अर्बौं रुपैयाँको दीर्घकालीन कोषलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न लगानीसम्बन्धी व्यवस्थामा व्यापक सुधारको प्रस्ताव गरिएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको 'नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३' मा बीमा कम्पनीहरूले कर्पोरेट ऋणपत्र, इन्फ्रास्ट्रक्चर फन्ड, प्राइभेट इक्विटी फन्ड तथा ग्रीन बन्डजस्ता वैकल्पिक वित्तीय उपकरणमा लगानीको दायरा विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ ।
हाल जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको लगानी मुख्यतः बैंक निक्षेप, सरकारी ऋणपत्र, सूचीकृत सेयर तथा सीमित वित्तीय उपकरणमा केन्द्रित रहेकाले लगानीका विकल्प विस्तार गर्न आवश्यक रहेको बोर्डको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)