अव्यवस्थित तार व्यवस्थापनमा सरकार कडा, समय सीमाभित्र हटाउन सेवा प्रदायकलाई निर्देशन
aarthiknews.com

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटका तार व्यवस्थापन गर्न सरकारले समय सीमासहित अभियान अघि बढाउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा बुधबार बसेको उच्चस्तरीय बैठकले सम्बन्धित निकायलाई निश्चित समयभित्र अव्यवस्थित तार हटाउन निर्देशन दिएको हो।
बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आईस्पानका प्रतिनिधि सहभागी थिए। छलफलले कार्यक्षेत्र विभाजन, समय सीमा र संयुक्त कार्ययोजनासहित तार व्यवस्थापन अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)