बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भएका बजेटसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै विधेयक प्रमाणीकरण भएको औपचारिक जानकारी गराइएको हो।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ प्रमाणीकरण गरेका हुन्। यी तीनवटै विधेयक २०८३ साल असार ३० गते प्रमाणीकरण भएका हुन्। राष्ट्रिय सभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयको पत्र पढेर यसबारे सभालाई जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)