अब फोन नम्बर होइन, प्रयोगकर्ताको नामबाटै ह्वाट्सएप चलाउन सकिने
corporatenepal.com · Thu Jul 02 03:49:11 GMT 2026
काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप मजबुत बनाउने उद्देश्यसहित नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले आफ्नो फोन नम्बर साझा नगरी युनिक (अद्वितीय) प्रयोगकर्ता नाम (युजर नेम) मार्फत पनि अन्य व्यक्तिसँग सम्पर्क गर्न सक्नेछन्।
कम्पनीले हाल प्रयोगकर्ता नाम आरक्षण प्रक्रिया सुरु गरेको जनाएको छ। यो सुविधा यसै वर्ष पूर्ण रूपमा लागू गरिने भए पनि प्रयोगकर्ताले समयमै आफूले चाहेको नाम सुरक्षित गर्न सकून् भनेर अग्रिम आरक्षण खुला गरिएको हो । विश्वभर करिब तीन अर्ब प्रयोगकर्ता रहेको ह्वाट्सएपमा आफूले चाहेको नाम पाउन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)