पोखरा महानगरपालिकाकाे बजेट पारित
arthasansar.com

पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित ७ अर्ब १५ करोड २५ लाख रूपैयाँ बजेट सर्वसम्मतिले पास गरेको हो ।
महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख, समानिकरण अनुदान ४९ करोड ३७ लाख रूपैयाँ गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान ३ अर्ब १८ करोड ६० लाख रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)