बन्दीपुरकी २८ वर्षीया सन्तोषी श्रेष्ठ दुई दिनदेखि सम्पर्कविहीन, देवघाटमा स्कुटर भेटिएपछि खोजी तीव्र
bishowkhabar.com · Thu Jul 02 04:16:03 GMT 2026

काठमाडौं- तनहुँको बन्दीपुर गाउँपालिका–४, टुँडीखेल, बन्दीपुर बजार निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ दुई दिनदेखि सम्पर्कविहीन रहेकी छन् । उनको खोजीका लागि नेपाल प्रहरी, स्थानीयवासी र परिवारजनले संयुक्त रूपमा खोजी कार्यलाई तीव्र बनाएका छन् । यद्यपि समाचार तयार पार्दासम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारका अनुसार सन्तोषी गत आइतबार साँझदेखि सम्पर्कबाहिर रहेकी हुन् । उनले प्रयोग गर्दै आएको बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर तनहुँ–चितवन सीमास्थित देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। स्कुटर भेटिएपछि उनी हराइरहेको पुष्टि भएको परिवारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)