एनएसजेएफ र सिद्धार्थ बैंकबिच प्रायोजन सम्झौता
ratopati.com · Wed Sep 02 17:45:09 GMT 2026
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औँ संस्करण भोलि भदौ १८ गते बिहीबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुँदै छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेशराज महर्जनबिच सम्झौता पत्र आदानप्रदान भएको छ । बैंकिक पार्टनरका रूपमा जोडिएको सिद्धार्थ बैंकले केवल औपचारिक प्रायोजनमा सीमित नभई खेलकुदको समग्र विकास, प्रतिभा पहिचान, अवसर सिर्जना र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा केन्द्रित प्रयास गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)