स्टोक्सको शतकमा राजस्थान विजयी
baahrakhari.com · Sun Oct 25 17:56:00 UTC 2020
काठमाडौं । बेन स्टोक्सको शतकीय पारीको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ जित निकालेको हो । सेइख जायेद स्टेडियममा आइतबार राति भएको खेलमा स्टोक्सले शतकीय पारी खेल्दा रापस्थानले शीर्ष स्थानको मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्दै सिजनको पाँचौ जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य भेट्याएको हो । राजस्थानको जितका लागि स्टोक्स र सामसनले १५२ रनको साझेदारी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)