जुम्लामा चट्याङ लागेर किशोरको मृत्यु
baahrakhari.com · Thu Jul 02 04:33:46 GMT 2026

जुम्ला । जुम्लामा बुधबार (असार १७) साँझ परेको चट्याङ लागेर हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको मृत्यु भएको भएको छ । स्थानीय छोटा खर्क पाटनमा भेडा गोठालो गएका बेला चट्याङ लागेर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)