प्रिमियर लिगमा खेलाडीमाथि खर्चको नयाँ कीर्तिमान, म्यानचेस्टर सिटी अगाडी
baahrakhari.com · Wed Sep 02 18:05:00 GMT 2026
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा खेलाडीमाथिको खर्चको नयाँ कीर्तिमान बनाएको छ । खेलाडी अनुबन्धका लागि भएको खर्चले अघिल्लो सिजनको कीर्तिमान भंग गरेको हो ।
अघिल्लो वर्ष खेलाडी अनुबन्धका लागि २० क्लबहरूको संयुक्त खर्च तीन सय ९१ मिलियन पाउन्ड रहँदा यसपटक चार सय ७५ मिलियन पाउन्ड पाउन्ड खर्च भएको हो। खेलाडी अनुबन्धमा सबैभन्दा बढी खर्च गर्नेमा म्यानचेस्टर सिटी परेको छ। अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डिजलाई भित्र्याउन मात्रै उसले १२५ मिलियन पाउन्ड खर्चेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)