दरबार हत्याकाण्डको पुनः अनुसन्धानबारे गृह मन्त्रालय अन्योलमा, प्रक्रिया अझै टुंगो लागेन
bishowkhabar.com · Thu Jul 02 04:46:51 GMT 2026

काठमाडौं- गृह मन्त्रालयले नारायणहिटी दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने निर्णय गरेको तीन साता बितिसक्दा पनि त्यसको कार्यान्वयन प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन। अनुसन्धानको मोडालिटीबारे स्पष्ट निर्णय नहुँदा गृह मन्त्रालय स्वयं अन्योलमा देखिएको छ ।
गृहमन्त्री सुधन गुरुङले गत जेठ २६ गते दोस्रोपटक कार्यभार सम्हाल्ने क्रममा गरेका चार निर्णयमध्ये दरबार हत्याकाण्डको अनुसन्धान गर्ने निर्णय पनि एक थियो । तर, निर्णय सार्वजनिक भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि अनुसन्धान कसरी अघि बढाउने भन्ने विषयमा गृह मन्त्रालय निष्कर्षमा पुग्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)