असई थमन विक मृत्यु प्रकरण- जिल्लाको आदेश बदर गर्दै पूर्वसांसद कोइरीलाई पाँच वर्ष जेल
setopati.com · Thu Jul 02 05:09:00 GMT 2026

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित ६ जनालाई ५ वर्ष कैदको सजाय तोकेको छ।
उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले असई विकको मृत्यु प्रकरणमा पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा सदस्य शर्मासहित धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)