असइ थमन विक हत्या प्रकरणः उच्च अदालतको फैसला, पूर्वसांसद लक्ष्मी महतो दोषी, अभिराम शर्माको सजाय जन्मकैदबाट पाँच वर्षमा झर्यो
bishowkhabar.com · Thu Jul 02 05:07:36 GMT 2026

काठमाडौं- सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले जिल्ला अदालत महोत्तरीको फैसला आंशिक रूपमा उल्ट्याउँदै दुई पूर्वसांसदसहित छ जनालाई पाँच वर्ष कैद र तीन जनाको जन्मकैद सजायलाई यथावत् कायम गरेको छ ।
कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार सुनाएको फैसला अनुसार जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, धर्मेन्द्र राय र सुरेश पाण्डेलाई पाँच–पाँच वर्ष कैद सजाय निर्धारण गरिएको छ । अदालतका अनुसार उनीहरूले असई विकमाथि प्रत्यक्ष आक्रमण गरेको पर्याप्त प्रमाण नदेखिए पनि मुख्य अभियुक्तहरूको बयान तथा घटनाको समग्र परिस्थितिका आधारमा हत्या गराउने कार्यमा संलग्न रहेको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)