५४ अंकले बढ्यो नेप्से
nayapatrikadaily.com · Mon Jul 26 02:38:00 GMT 2021
धितोपत्र बजार परिसुचक नेप्से नयाँ उच्च विन्दुमा प्रवेश गरेको छ । यसअघि जेठ ३१ गतेको ३ हजार २५ दशमलव ८३ बिन्दुको रेकर्डलाई ब्रेक गर्दै नेप्से आइतबार ४५ दशमलव ३१ अंकले बढेर ३ हजार ५८ बिन्दुमा पुगेको हो । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७४ अंकले बढेर ५ सय ७४ बिन्दुमा पुगेको छ ।
करेक्सनलाई पार गरेको तथा अब कम्पनीहरूले लाभांश घोषणा गर्ने हुँदा बजारले सही दिशा समातेको लगानीकर्ता बताउँछन् । असार–साउन सेयर बजारको ब्रेक सिजन पनि हो, लगानीकर्ता लाभांशको प्रतीक्षामा सेयर होल्ड गरेर बसेका छन् । यसै कारण बजारले नयाँ उचाइ कायम गर्ने लगानीकर्ता विजयराज रानाभाट बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)