नेपालमा एप्पलको आईफोन एसई २ सार्वजनिक, के नेपाली बजारको लागि यो महँगो हो ?
gadgetframe.com · Fri Jul 24 05:52:00 UTC 2020
काठमाडौं । आईफोन उत्पादक एप्पल कम्पनि स्मार्टफोन बजारको सबैभन्दा शक्तिशाली कम्पनि हो । कोरोनाभाईरसको कारण विश्वको खस्कँदो अर्थतन्त्रलाई ध्यानमा राख्दै एप्पलले केही समय अगाडि एप्पलले आईफोन एसई २०२० सार्वजनिक गरेको थियो । हालसम्मकै सस्तो आईफोन मानिएको यस आईफोन एसई २ लाई नेपालमा पनि सार्वजनिक गरिएको छ । यो नयाँ आईफोनको सुरुवाती नेपाली बजार मुल्य ७० हजार रुपैयाँ रहेको छ ।
कस्तो छ त आईफोन एसई ?
एप्पले २०१६ मा बजारमा ल्याएको एसईको नयाँ भर्सनको रुपमा यसलाई लिइएको छ । वास्तवमा भन्नुपर्दा आईफोन एसई २०२० निकै राम्रो क्यामरा, प्रोसेसर र सुपथ मुल्यमा पाईने आईफोन ८ जस्तै छ भन्दा केही फरक पर्दैन । यद्यपी यसको बनावट पुरानो भएता पनि यसमा आईफोन ११ र आईफोन ११ प्रो मा प्रयोग भएको प्रोसेसर एप्पलस ए १३ बायोनिक चिप प्रयोग गरिएको छ ।
बनावट र डिस्प्ले
आईफोन एसई २०२० को बनावट र अन्य धेरै पक्षमा आईफोन ८ जस्तै रहेको छ । ४.७ ईन्चको रेटिन डिस्पले सहितको एसई २०२० मा सबै पुराना आईफोन मोडलमा हुने होम बटन रहेको छ । एसई २०२० मा होमबटनलाई मजबुत बनाउन र सेन्सरलाई जोगउन सफाईर क्रिस्टल र पानी र धुलोबाट बचाउनको लागि आईपि ६७ को पनि प्रयोग गरिएको छ ।
पर्फमेन्स
आईफोन एसई २ को सबैभन्दा विशेष फिचर भनेको यसमा प्रयोग भएको ए १३ बायोनिक चिप हो । यो आईफोन ११ र आईफोन ११ प्रो मा प्रयोग भएको प्रोसेसर हो । यस प्रोसेसर गेमिङ तथा फोटो खिच्नको लागि निकै नै राम्रो छ । यो ईन्टरनल स्टोरेज ६४ जिबि, १२८ जिबि र २५६ जिबिमा उपल्ब्ध हुनेछ ।
क्यामरा
आईफोन एसई २०२० को क्यामराको कुरा गनुपर्दा यसमा १२ मेगापिक्सलको ब्याक क्यामरा र ७ मेगापिक्सलको सेल्फी क्यामरा उपल्ब्ध रहेको छ । यसले पोट्रेट फोटो पनि खिच्दछ ।
आईफोन ११ को सिरिजमा जस्तै यसमा क्विकटेक भिडियो मोड रहेको छ जसले फोटो खिच्दाखिच्दै भिडियो मोडमा नगई पनि भिडियो खिच्न मिल्ने फिचर प्रदान गर्दछ ।
ब्याट्रि
आईफोन एसई २०२० को ब्याट्रि एकपटक चार्ज गरेपछि १३ घण्टा लामो भिडियो हेर्न सकिने बताईएको छ । यसमा वायरलेस चारजिङ र फास्ट चारजिङ दुवै प्रयोग गर्न सकिन्छ । आईफोन एसई २०२० करिब आधा घण्टामा ५० प्रतिशत चार्ज हुने एप्पलले दाबी गरेको छ ।
आईफोन एसई २ काे विशेषताहरु
Display:
4.7-inch Retina HD display with True Tone color
Processor
: A13 Bionic processor
Memory
: TBD
Storage:
64GB, 128GB, and 256GB
Software
: iOS 13
Rear Camera
: 12MP Wide camera ƒ/1.8 aperture, Digital zoom up to 5x, Portrait mode with advanced bokeh and Depth Control, Portrait Lighting with six effects (Natural, Studio, Contour, Stage, Stage Mono, High-Key Mono), Optical image stabilization, Six‑element lens
Front Camera
: 7MP selfie snapper.
Battery
: TBD
Colors: Black, White, (Product) Red
Sensors
: Touch ID fingerprint sensor, Barometer, Three‑axis gyro, Accelerometer, Proximity sensor, Ambient light sensor
Connectivity
: Wi-Fi 6, Gigabit LTE, Dual SIM with eSIM
Price In Nepal:
Rs.70,000 (64GB) | Rs.79,500 (128GB) | Rs. 96,000 (256GB)
नेपाली बजाार मुल्य
आईफोन एसई २ को नपाली सुरुवाती बजार मुल्य ७० हजार तोकिएको छ जुन सस्तो भने पक्कै पनि होईन । यस अगाडि सार्वजनिक गरिएको आईफोन एसई ले पनि बजारमा निकै राम्रो व्यापार गरेको थियो त्यसैले यसले पनि धेरै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
आईफोन एसई २ (२०२०)
युएस मुल्य
नेपाली बजार मुल्य
६४ जिबि
$३९९
रु ७०,०००
१२८ जिबि
$४४९
रु. ७९,५००
४६ जिबि
$५४९
रु. ९६,०००
स्रोतमा पूरा पढ्नुहोस् (gadgetframe.com)