क्रिस्मस ट्रिलाई पानीको सट्टा बियर !
newsofnepal.com · Wed Jun 24 23:27:56 UTC 2020
एजेन्सी । चर्चित आईरिस बियर कम्पनी गाईनेसले लकडाउनको क्रममा क्रिसमस ट्रिहरूको उर्वरताको लागि पानीको सट्टा बियर प्रयोग गरिरहेको छ । कम्पनीले लकडाउनका कारण प्रयोगमा नआएको बाँकी लाखौं बियरहरू प्रयोग गरिरहेको छ । उक्त बियर कम्पनीले लकडाउनका बावजुद पनि आफ्ना केही बिक्री केन्द्रहरु खुला नै राखेको थियो ।
कम्पनीले प्रयोगमा नआएका तथा पब र बारहरुबाट फिर्ता गरिएका बियरहरुलाई शहरको वातावरण संरक्षणका लागि प्रयोग गर्ने योजना बनाएको हो । सन् १७५९ मा आयरल्याण्डमा स्थापना भएको यो बियर कम्पनी हाल विश्वका ५० देशहरुमा उत्पादन हुँदै आएको छ भने करिव १२० देशहरुमा यसको उपलब्धता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)