ओप्पो ए ५२ नेपालमा सार्वजनिक, के छ यसकाे विशेषता ?
gadgetframe.com · Tue Jul 21 04:34:00 UTC 2020
काठमाडौं । ओप्पोले पछिल्लो समय धेरै स्मार्टफोनहरु सार्वजनिक गरिरहेको छ र त्यसैमा पर्दछ ओप्पो ए ५२ । बजेटमा पर्ने यस स्मार्टफोनलाई ओप्पाmे अप्रिल २० मा चीनमा सार्वजनिक गरेको थियो । यो स्मार्टफोन ओप्पो ए ५ २०२० को अपग्रेडेड भर्सन हो । भखर्रै ओप्पो यसलाई नेपाली बजारमा पनि सार्वजनिक गरेको छ र यसको नेपाली बजार मुल्य मात्र २९ हजार ९ सय ९० रुपैंया तोकेको छ । ओउनुहोस् यस स्मार्टफोनको बारेमा थप विस्तृत रुपमा बुझौं
कस्तो छ त ओप्पो ए ५२
ओप्पो ए ५२ को अगाडि भागमा ६.५ ईन्चको एफएचडी प्यानल रहेको छ जसमा पन्च होल सहितको सेल्फी क्यामरा रहेको छ । यस्तै यसको पछाडि भागमा चारवटा क्यामराको सेटअप रहेको छ । यसमा स्न्यापड्रागन ६६५ चिपसेटको प्रयोग गरिएको छ भने ५००० एमएचको ब्याट्रि प्रयोग गरिएको छ ।
डिस्प्ले र डिजाईन
ओप्पो ए ५२ को डिस्प्लेको कुरा गर्नुपर्दा यसमा ६.५ ईन्चको ओईसिएस एलसिडी प्यानल प्रयोग गरिएको छ जसको रिजोलुसन १०८० २४०० पिक्सल रहेको छ । यसको पन्च होल सहितको सेल्फी क्यामरा रहेको छ ।
चिपसेट र पर्फमेन्स
ओप्पो ए ५२ मा अक्टाकोरे स्न्यापड्रागन ६६५ को ११ न्यानोमिटरको चिपसेट प्रयोग गरिएको छ । यो ४ जिबि र्याम ६४ जिबि ईन्टरनल स्टोरेज र ८ जिबि र्याम १२८ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध रहेको छ ।
यस बजेट स्मार्टफोनमा भएको क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटको प्रयोगकर्ताहरुलाई कुनै प्रकारको गेम खेल्न, ईन्टरनेट चलाउन, भिडियो हेर्ने यसमा केही समस्या छैन तर धेरै उच्च ग्राफिक्ससँग सम्बन्धित कामहरु गर्दा केही समस्या भने पक्कै हुन्छ ।
क्यामरा
ओप्पो ए ५२ को आर्कषक विशेषत मध्ये यसको क्यामरा पनि एक् हो । यसको पछाडि भागमा ४ वटा क्यामराको सेटअप रहेको छ । यसमा १२ मेगापिक्सलको प्राईमेरी अर्थात मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रावाईड क्यामरा, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ ।
ब्याट्रि
ओप्पो ए ५२ माम ५००० एमएएचको ब्याट्रि रहेको छ जसकारण यसमा चार्जको बारेमा खासै तनाव लिन पर्दैन । यति मात्र होईन यसले १८ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ ।
ओप्पो ए ५२ काे विशेषताहरु
Screen:
6.5-inch IPS LCD, 20:9, 1080 x 2400 pixels, 405 ppi density
Rear camera:
12 MP Primary lens, f/1.8, (wide), 1/2.8", 1.25µm
8MP ultra-wide-angle camera;
2MP macro camera f/2.4;
2MP depth sensor;
LED flash; 2160p@30fps video recording, EIS
Front camera:
8MP, f/2.0 lens; 1080p @30fps
Chipset:
Octa-core Snapdragon 665 Chipset (4x2.0 GHz Kryo 260 Gold & 4x1.8 GHz Kryo 260 Silver), Adreno 610 GPU
Memory and Storage:
4/128GB;
OS:
Android 10; Color OS 7.1 on top
Battery:
5,000 mAh 18W fast charging
Connectivity:
Dual SIM (4G), Bluetooth 5.0, dua band Wi-Fi, USB-C
Colors:
Blue, Black,
Misc:
Side-mounted fingerprint reader, Reverse charging
Price:
Rs. 29,990 [4/128GB]
नेपाली बजार मुल्य
ओप्पो ए ५२ चीनमा आधिकारीक रुपमा अप्रिल २० मा सार्वजनिक गरिएको थियो । यस स्मार्टफोनको ४ जिबि र्याम र ६४ जिबि ईन्टरनल स्टोरेजको मुल्य २९ हजार ९ सय ९० रहेको छ । यस मुल्यसँग रियलमी ६ आई, रियलमी नोट ८, ग्यालेक्सी एम २१, एमआई ए३, भिभो एस वान, हनर ९एक्सको बजार सेयरसँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gadgetframe.com)