भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताको हिस्सा २ दशकयताकै न्यून स्तरमा, एक वर्षमै ३१ अर्ब डलर बाहिरियो
aarthiknews.com

काठमाडौं । भारतीय सेयर बजारमा विदेशी लगानीकर्ता (एफपीआई)हरूको हिस्सा पछिल्लो दुई दशकयताकै न्यून स्तरमा झरेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) को वित्तीय स्थायित्व प्रतिवेदनअनुसार सन् २०२६ मा लगातार पूँजी बहिर्गमन, कमजोर प्रतिफल तथा भारतीय सेयरहरूको तुलनात्मक रूपमा कमजोर प्रदर्शनका कारण एफपीआईको स्वामित्व उल्लेखनीय रूपमा घटेको बिजनेसलाइनले जनाएको छ ।
प्रतिवेदनअनुसार मार्च मसान्तसम्म भारतीय सेयर बजारमा एफपीआईहरूको स्वामित्व १६ प्रतिशतमा सीमित भएको छ भने घरेलु संस्थागत लगानीकर्ता (डीआईआई)हरूको हिस्सा २० प्रतिशत पुगेको छ । यससँगै भारतीय सेयर बजारमा घरेलु संस्थागत लगानीकर्ताहरूको प्रभाव विदेशी लगानीकर्ताभन्दा बढी भएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)