अब पुल तर्दा पैसा नलाग्ने !
janaaastha.com · Thu Apr 22 14:45:54 GMT 2021
बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शु:ल्क नलाग्ने भएको छ । पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु २० रुपैयाँ शु:ल्क उठाउने निर्णयको चौतर्फी आलोचना भएपछि बाग्लुङ नगरपालिकाले निर्णय सच्याएको हो ।
पर्यटकका लागि मात्र कर उठाउने निर्णय भएकोमा जनस्तरमा गलत बुझाइ गएको बताउँदै नगरपालिकाका मेयर जनकराज पौडेलले कर उठाउने कार्य स्थगन गरिएको बताए । बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत कर उठाउने कार्य रोकिएको मेयर पौडेलको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)