विश्वकपमा ह्यारी केन गोल्डेन बुटको दौडमा बलियो दाबेदारी
kalakarmi.com · Thu Jul 02 05:04:04 GMT 2026
काठमाडौं- ह्यारी केनले २०२६ फिफा विश्वकपमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै गोल्डेन बुटको दौडमा आफूलाई बलियो रूपमा स्थापित गरेका छन् । राउन्ड अफ ३२ अन्तर्गत डिआर कंगोविरुद्ध दुई गोल गर्दै उनले यस संस्करणमा आफ्नो कुल गोल संख्या ५ पुर्याएका छन् । लगातार गोल गर्दै अघि बढिरहेका केन अहिले प्रतियोगिताका सबैभन्दा प्रभावशाली आक्रमणकारीमध्ये एकका रूपमा चर्चामा छन् ।
इङ्ल्यान्डलाई महत्वपूर्ण जित दिलाउने क्रममा केनले आक्रमण पंक्तिमा अत्यन्त प्रभावशाली प्रदर्शन गरे। उनले केवल गोल मात्र गरेनन्, टोलीको आक्रमणलाई सही दिशा दिँदै विपक्षी रक्षापङ्क्तिलाई निरन्तर दबाबमा राखे। उनको सक्रियता र निर्णायक क्षमताकै कारण इङ्ल्यान्डले सहज रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)