देशभक्त राजा श्री ५ महेन्द्र : प्रा. राजनारायण प्रधान
livemandu.com · Sun Jun 14 17:51:43 UTC 2020
राजा श्री ५ महेन्द्रको नाम लिनासाथ उनको प्रज्ज्वल व्यक्तित्वका अनेक रूप हाम्रा आँखाअघि आउँछन्- राष्ट्रियताका सजग प्रहरी, हिम्मती राजनेता, विश्वका एक अति निपुण राजनीतिज्ञ, पञ्चायती प्रजातन्त्रका प्रबल प्रवर्तक, राष्ट्रिय मामलाका आत्मनिष्ठ अभिभावक, अति संवेदनशील कवि, प्रतिभा सम्पन्न, प्रजाप्रेमी, प्रजापति र एक प्रचण्ड प्रतापी भूपति !
राजा महेन्द्रले तीन थोक चाहेका थिए । पहिलो नेपालको हित, दोस्रो नेपालको हित र तेस्रो नेपालको हित । उनी विश्वका अन्तरकुन्तर घुमे तर उनको मायाले कहिल्यै नेपाली पहाड नाघेन । उनको निम्ति स्वदेश नै विश्व थियो, विपना थियो, सत्य थियो, एक खँदिलो अस्तित्व थियो । उनलाई ‘पहाडका गर्खागर्खा’, ‘तर्राईका गरागरा’, ‘डाँडा, जल, पहरा, साल, सल्लो गुराँस’ मन पर्थ्यो । उनलाई सुनौला साँझमा नेपाली बादलमाथि तितरी पङ्खी उडेको, जुनेली रातमा कलकल गरी खोला बगेको, हरियो डाँडामा निर्मल झरना झरेको र रूपौला रङ्गको उच्च हिमाल टल्केको हेर्न मन पर्थ्यो । त्यति मात्र होइन उनले विश्वकै सौन्दर्य आफ्नै देशमा समेटिएको पनि देखे ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)