कोरोना संक्रमित स्वास्थ्यकर्मी : जसले पाँच सय ७५ जनाको स्वाब संकलन गरे
nayapatrikadaily.com · Thu Aug 06 05:07:00 UTC 2020
माेहन विष्ट
कञ्चनपुर
२०७७ श्रावण २२ बिहीबार १०:५२:००
चार महिनादेखि प्रतयक्ष रुपमा स्वाव संकलनमा खटिएका एक स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिकामा कार्यरत ल्याब असिष्टेन्टको पिसिआर विधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको विवरण अनुसार शुक्लाफाँटा नगरपालिका ४ कञ्चनपुर भनिएका ४१ वर्षीय व्यक्ति नै जनस्वास्थ्यकर्मी भएको पुष्टि भएको हो ।
भारतबाट फर्किएका सहित नगरपालिकाका अन्यको स्वाब संकलनमा खटिएका उनको पनि स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पताल पठाइएको थियो ।
स्वाब संकलनमा खटिएका स्वाथ्यकर्मीलाई कोरोना पुष्टि भएको शुक्लाफाँटा नगरपालिका कोडिभ १९ का संयोजक प्रमानन्द भट्टले जानकारी दिए ।
संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको र उनको अवस्था सामान्य रहेको भट्टले बताए ।
#कोरोना
# स्वास्थ्यकर्मी
# स्वाब
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)