आफ्नै कीर्तिमानी तोड्न प्रतिस्पर्धा
corporatenepal.com · Mon May 18 00:24:24 GMT 2026

काठमाडौँ । विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आइतबार बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रचेका हुन् ।
यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आएका शेर्पाले यसपटक भने ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै ऐतिहासिक सफलता हाँसिल गरेका हुन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेका कामिरितालाई विश्वभर ‘एभरेष्ट म्यान’का रुपमा चिन्ने गरिन्छ । फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको उक्त उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)