चेल्सीसँगको सम्झौता नवीकरण असम्भव छ : विलियन
baahrakhari.com · Mon Apr 06 06:19:00 UTC 2020
एजेन्सी । ब्राजिलियन स्टार खेलाडी विलियन हाल विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी हुन् । विलियन हाल प्रिमियर लिग क्लब चेल्सीबाट आफ्नो व्यावसायिक फुटबल करियरलाई अगाडि बडाइरहेका छन् ।
सन् २०१३ मा चेल्सी आएका विलियनको नयाँ सम्झौता २०२० जुनमा सकिँदै छ । क्लबले विलियनसँग दुई वर्षको नयाँ सम्झौता गर्ने सोच बनाएको छ । तर, विलियनले भने क्लबसँगको नयाँ सम्झौता तीन वर्षको हुनुपर्ने माग राखेका छन् ।