कांग्रेसले प्राथमिक निर्वाचनमार्फत उम्मेदवार तय गर्ने
gorkhapatraonline.com · Mon May 18 00:40:47 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ शीर्षकमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उम्मेदवार चयनको विधि र मापदण्ड तय गरिने बताउनुभएको हो ।
उहाँले सम्बन्धित कार्यसमितिले उम्मेदवार तय गर्ने अधिकार सुनिश्चित गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “उपसभापति पुष्पा भुसाल नेतृत्वको इलेक्सन ब्युरोमार्फत हामी पहिलो पटक प्राइमरी निर्वाचन गरेर पारदर्शी ढङ्गले उम्मेदवार छान्दै छौँ । अब काठमाडौँ महानगर प्रमुख को हुने भन्ने कुरा पार्टी सभापतिले खल्तीबाट झिकेर तोक्न नपाउने व्यवस्था गरिने छ । यसको एउटा प्रक्रिया हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)