पिरगाउँ प्रावि पुनःसञ्चालनमा
barnanmedia.com · Thu Jul 02 05:55:07 GMT 2026

तुलसीपुर उपमहानगरपालिका–११ स्थित पिरगाउँ प्राथमिक विद्यालय पुनःसञ्चालनमा आएको छ ।
उक्त पाठशाला न्यून विद्यार्थी भएकै कारण २०७६ सालमा बन्द भएको थियो । स्थानीयले पुनः स्कुल चलाइदिन मागगरेपछि हालैदेखि सो शिक्षालय सञ्चालनमा आएको हो । हाल ३६ जना विद्यार्थी रहेको प्रधानाध्यापक रमा बस्नेतले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)