राइड शेयरिङ कम्पनीलाई दर्ताका लागि ३० दिने अल्टिमेटम
aarthiknews.com

पोखरा । गाण्डकी प्रदेश सरकारले राइड शेयरिङ सेवा प्रदायक संस्था तथा कम्पनीलाई दर्ताका लागि निर्देशन दिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सेवा ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको हो ।
'गण्डकी प्रदेश भित्र हाल दर्ता इजाजतपत्र नलिई राइड सेयरिङ सेवा सञ्चालन गरिरहेका सेवा प्रदायक संस्था, कम्पनी, व्यक्ति तथा प्लेटफर्महरुलाई यो सूचना प्रकाशित भएको मितिले तिस (३०) दिन भित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजात सहित दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ ।’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)