आईएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई अवार्ड
baahrakhari.com · Thu Jul 02 06:14:23 GMT 2026

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत बोन्ज अवार्ड प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले आईक्यानद्वारा आयोजित एक विशेष समारोहमा प्रतिष्ठित अवार्ड संयुक्त रूपमा ग्रहण गरे ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । यो अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत रूपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)