रेडमी ९ नेपालमा सार्वजनिक, १८ हजारभन्दा कम मुल्यमा उपल्ब्ध
gadgetframe.com · Mon Aug 10 03:39:00 UTC 2020
काठमाडौं । साओमिको सब–ब्राण्डको रुपमा रहेको रेडमी बजेट स्मार्टफोनको लागि प्रख्यात छ । यसैलाई निरन्तरता दिँदै रेडमीले नयाँ बजेट स्मार्टफोन रेडमी ९ सार्वजनिक गरेको छ । निकै आर्कषक फिचर सहित रेडमी ९ लाई बजारमा ल्याईएको छ । केही समय अगाडि युरोपमा सार्वजनिक गरिएको यस स्मार्टफोनलाई भर्खरै नेपालमा सार्वजनिक गरिएको छ ।
कस्तो छ त रेडमी ९ ?
१४ हजार ९ सय ९९ रुपैंया पर्ने रेडमी ८ नेपालमा निकै राम्रो व्यापार गरेको स्मार्टफाने हो । रेडमी ९ सिरिजको ईन्ट्रि लेभल स्मार्टफोन हो । यस स्मार्टफोनमा एफएचडि डिस्प्ले सहित पछाडि भागमा चारवटा क्यामरा पनि रहेको छ । आउनुहोस् यस स्मार्टफोनको बारेमा थप विस्तृत रुपमा जानौं-
डिजाईन र डिस्प्ले
रेडमी ९ को डिजाईनको कुरा गर्नुपर्दा यसलाई पोलिकार्बोनेट प्लास्टिक प्रयोग गरेर बनाईएको छ । यसमा २३४० १०८० पिक्सलको रिजोलुसन भएको ६ं.५ ईन्चको फुल एचडि डट ड्रप डिस्प्ले प्रयोग गरिएको छ । यसमा सुरक्षाको लागि गोरिला ग्लास ३ प्रोटेक्सन प्रयोग गरिएको छ ।
क्यामरा
रेडमी ९ को क्यामराको कुरा गर्नुपर्दा यसको पछाडि भागमा चारवटा क्यामरा रहेको छ । यसमा १३ मेगापिक्सलको प्राईमेरी अर्थात मुख्य क्यामरा रहेको छ । यसका साथै यसमा ८ मेगापिक्सलको अल्ट्रा वाईड एंगल लेन्स, ५ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ । यसमा सेल्फीको लागि अगाडि भागमा ८ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ ।
पर्फमेन्स
रेडमी ९ मा मेडियाटेक हेलियो जि ८० चिपसेट प्रयोग गरिएको छ । यस स्मार्टफोन ४ जिबि र्याम र ६४ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ । यसमा फेस अनलक सिस्टम र फिंगरप्रिन्ट रिडर पनि रहेको छ ।
ब्याट्रि
रेडमी ९ मा रेडमी नोट ९ को जस्तै ५०२० एमएएचको ब्याट्रि रहेको छ । यसले १८ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ । यो खैरो, बैगुन र हरियो रंगमा उपल्ब्ध रहेको छ ।
रेडमी ९ काे विशेषताशरु
Display:
a 6.53-inch Full HD+ Dot Drop display with a resolution of 2340x1080 pixels,19.5:9, 400 nits & Gorilla Glass 3 protection
Processor
: Media Tek Helio G80 chipset
Memory
: 4GB of LPDDR4x RAM and 64GB of eMMC 5.1 storage
Software
: MIUI 11 based on Android 10 out-of-the-box
Rear Camera
: Quad Camera Setup
Main: 13MP (F/2.2)
Ultra-Wide: 8MP (F/2.2),118-degree FOV
Macro: 5MP (F/2.4), FF (4cm)
Depth: 2MP
Front Camera
: 8MP with an aperture of F/2.0.
Battery
: 5,020mAh battery along with the support for Quick ChargeTM 3.0 technology & 18W fast charging.
Colors:
Carbon Gray, Sunset Purple, and Ocean Green.
Sensors:
Vibration motor, Distance sensor, Ambient light sensor, Accelerometer, Electronic compass, and IR sensor
Connectivity:
Dual SIM, 4G connectivity, VoLTE, single-band (2.4 GHz) WiFi, Bluetooth 5.0, GPS, wireless FM radio, microSD card slot, USB Type-C, multifunctional NFC, IR blaster, 3.5mm headphone jack
Price in Nepal:
Rs.16,999[3/32GB], Rs.17,999[4/64GB]
नेपाली बजार मुल्य
रेडमी ९ जुन १८ देखि बिक्रिमा राखिएको हो । ३ जिबि र्याम–३२ जिबि ईन्टरनल स्टोरेज भएको रेडमी ९ को नेपाली बजार मुल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने ४ जिबि र्याम–६४ जिबि ईन्टरनल स्टोरेजको १७ हजार ९ सय ९९ रुपैंया रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gadgetframe.com)