शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन
arthadabali.com · Thu Jul 02 06:22:09 GMT 2026

काठमाडौँ / कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन् ।
मन्त्रालयका अनुसार समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्न जिम्मेवारी दिइएको छ । समितिले समस्या समाधानका उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ ।