जुम्लामा चट्याङबाट एक जनाको मृत्यु, २ जना घाइते
setopati.com · Thu Jul 02 06:26:58 GMT 2026

जुम्लामा भेडा बाख्रा चराउन पाटनमा गोठालो गएका एक युवाको चट्याङले लागेर मृत्यु भएको छ। थप दुई जना सामान्य घाइते भएका छन्। चट्याङले २३ वटा भेडा पनि मरेका छन्।
जिल्लाको हिमा गाउँपालिका–२ स्थित एनसिएल टावर नजिकै चट्याङ परी भेडा गोठाला गएका हिमा – २ का १८ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)