एडीबीद्वारा ५ करोड अमेरिकी डलर ऋण स्वीकृत, भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि खर्च गरिने
arthasansar.com

एसियाली विकास बैंक (एडीबी) ले नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न, व्यापार प्रवर्द्धन गर्न तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउन ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ।
यो ऋण दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गतको भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमको दोस्रो उपकार्यक्रम (सबप्रोग्राम–२) का लागि प्रदान गरिएको हो। यसले यसअघि सुरु गरिएका भन्सार सुधार तथा लजिस्टिक्स क्षेत्रको विकाससम्बन्धी प्रयासलाई थप सुदृढ बनाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)