सोधपुछको लागि भाईको साथमा पुगिन रिया
reportersnepal.com · Fri Aug 07 11:23:53 UTC 2020
एजेन्सी, २३ साउन । सुशान्त सिंह राजपुतको निधनका विषयमा प्रवर्तन निर्देशानलयले आज अभिनेत्री रिया चक्रवर्तीसँग सोधपुछ गरिरहेको छ । यसको लागि रिया पुगिसकेकी छिन् । अनुसन्धन कार्यालय (इडी) पुगेको रियाका केही तस्वीर बाहिर आएका छन् जसमा रिया भाइको साथमा कार्यालय भित्र पसेकी छिन् । रियाले निलो रंगको कुर्ता लगाएकी छिन् भने अनुहारमा माक्स लगाएको देखिन्छ । तस्वीरमा रियाको भाईले उनलाई सम्हालेर कार्यालय भित्र लगेको देख्न सकिन्छ ।