यी नेपाली जसले लिए कोरोना विरुद्धको भ्याक्सिन
ratopati.com
काठमाडौं । रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो ।
श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो। ३० हजार जना मध्येमा छानिएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)