कोरोना विश्व अपडेटः ७८ लाख १० हजार नाघे संक्रमित, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)
lokpath.com · Sat Jun 13 18:12:54 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४ लाख ३० हजार १ सय ३३ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका ७८ लाख १० हजार ५ सय १ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ४० लाख ७ हजार ३ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको छन् भने संक्रमितमध्ये ५३ हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को असर सबैभन्दा बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजार ९६ पुगेको छ । बितेको २४ घण्टामा १२ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २१ लाख २९ हजार ५ सय ७४ पुगेको छ । हालसम्म ८ लाख ४३ हजार ५ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ५ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा थप २ सय ७१ जनाले ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)