दिनभर वैशाखीमा, साँझ हेल्मेटबिना बाइकमा: मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा
kalakarmi.com · Thu Jul 02 06:39:32 GMT 2026

कैलाली- सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउँदा सर्वसाधारणलाई ट्राफिक प्रहरीले कारबाही गर्नु सामान्य घटना हो। तर जब त्यही नियम प्रदेशका मुख्यमन्त्रीमाथि लागू हुन्छ, त्यसले एउटा ठूलो प्रश्न उठाउँछ—के नेपालमा कानुन साँच्चै सबैका लागि समान रूपमा लागू हुन थालेको होरु
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेल्मेट नलगाई मोटरसाइकल चलाएको कसुरमा ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री निवास परिसरभित्र हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना चुलिएको थियो। त्यसलगत्तै ट्राफिक प्रहरी मुख्यमन्त्री निवासमै पुगेर चिट काटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)