गुल्मीमा रासायनिक मलकाे कालाेजारी, हटलाइनको सूचनाले पर्दाफास
barnanmedia.com · Thu Jul 02 06:40:13 GMT 2026

काठमाडौँ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा कालोबजारी भएको पाइएको छ । जिल्लामा रहेको नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसल मार्फत बढी मूल्यमा बिक्रि गरेको पाइएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न सञ्चालनमा ल्याएको गुनासो हटलाइन नम्बरमा प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)